“ गैरआवासीय नेपालीको प्रतिबद्दता,असहाय बालबालिकाको सहारा ”
2 January 2023

अवधारणा नेपालमा व्याप्त गरिबी, बेरोजगारी, अशिक्षा, चेतनाको कमी, घरेलु हिंसा र समाजमा व्याप्त विभिन्न कुरीति, कुसंस्कार जस्ता कारणका साथै सामाजिक, आर्थिक, राजनैतिक र साँस्कृतिक कारणले गर्दा बालबालिका आफ्नो परिवार छोडेर सडकमा आउने र त्यहीँ बस्ने गरेको पाइएको छ । एनआरएनए त्यस्ता बालबालिकाको संरक्षणका लागि केही हदसम्म भएपनि सहयोगका लागि अघि बढेको हो । को हुन् सडक बालबालिका ?

- क) परित्याग गरिएका बालबालिका : परिवार र घर नभएको ।
- ख) सडक बालबालिका : घरपरिवार भइकन पनि सडक मै रहनेबस्ने गरेका बालबालिका ।
- ग) सडकलाई नै आफ्नो कार्यक्षेत्र बनाई आफन्त र परिवारसित सडकमा रहने बालबालिका ।
- घ) उच्च खतरामा रहेका बालबालिका : यस वर्गमा द्वन्द्व, भोकमरी, सहाराविहीन, घरपरिवारविहीन, जोखिमपूर्ण तथा दुःखदायी अवस्थामा रहेका बालबालिका पर्दछन् ।
- भोकै बस्नुपर्ने,
- स्वास्थ्य र शिक्षासम्बन्धी सुविधाको अभाव,
- सीप विकासको अभाव,
- ठूला तथा पहिले सडकमा बस्ने गरेका बालबालिकाबाट शारीरिक तथा यौनशोषण पर्ने,
- सडकमा आश्रित बालबालिका लागूपदार्थको प्रयोग तथा अनैतिक, गैरकानुनी तथा असामाजिक कार्यतर्फ पनि अग्रसर हुने
- एकातिर आफ्ना आधारभूत अधिकारबाट बञ्चित भएका हुन्छन् भने अर्कोतिर अरू व्यक्तिबाट हुनसक्ने शोषण, दुव्र्यवहार, भेदभाव आदिको जोखिममा रहने
- १. पारिवारिक कलह,
- २. बाबुआमा वा अन्य संरक्षकको अभाव,
- ३. बहकावमा लाग्नु,
- ४. सहरीकरणको प्रभावमा पर्नु,
- ५. नयाँ कामको खोजी गर्नु,
- ६. बालबिज्याइँ बदमासी गरी भाग्नु,
- ७. लोभ, प्रलोभनमा फस्नु,
- ८. पैसा कमाएर सुखभोग गर्ने सोच हुनु,
- आगामी तीन वर्षको अवधीमा अधिकतम १०० सडक बालबालिकालाई संरक्षकत्व प्रदान गर्ने ।
- यस अभियानमार्फत संसारभरी छरिएर रहेका महिलाहरुलाई यस कार्यक्रममा आवद्ध गराउँदै सामाजिक अभियानमा जोड्ने !
- मुलतः गैरआवासीय नेपाली संजालसंग आबद्ध तथा यसको शुभ-चिन्तक-शुभेच्छुकहरु
- एनआरएनका लब्ध प्रतिष्ठित महिला ब्यक्तित्वहरु, एनआरएन आबद्ध र यस संजाल बाहिरका समेत ब्यक्तित्वहरु ( न्यूनतम १ (एक) बालबालिकाको संरक्षकत्व ग्रहण गर्ने )
- यसको लागि मासिक ५० (अमेरिकन डलर) को प्रतिबद्धता रहनेछ । जुन ३ बर्षको लागि २ लाख नेपाली रुपैयाँ हुने देखिन्छ । यसरी न्यूनतम १०० बालबालिकाको लागि २ करोड नेपाली रुपैयाँ ३ बर्षको अवधीमा जुटाउनु महिला बिभागको जिम्मेवारी हुनेछ ।
- बाँकी अन्य थप खर्चको लागि विभागले विभिन्न माध्यमबाट संकलनको गृहकार्य गरिनेछ ।
- यस कार्यक्रमको सम्पूर्ण ब्यबस्थापन तथा नेतृत्व एनआरएन महिला बिभागले गर्नेछ । सिंङ्गो बिभाग यस परियोजनाको नेतृत्वदायी अंग हुनेछ भने अन्तरार्ष्ट्रिय समन्वय परिषद पूर्णरुपमा अन्तिम निर्णयकर्ता र जवाफदेही हुनेछ। साथै कार्यक्रम संचालनार्थ नेपाल सरकारको सरोकारवाला मन्त्रालयको समन्वय र सहकार्यमा साझेदार संस्था (समुदायमा आधारित संस्था – गैरसरकारी संस्था) छनौट गर्नेछ ।
- नेपाल सरकार तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
- राष्ट्रिय महिला तथा बाल अधिकार परिषद्
- Tripartite Agreement was done among Non-Resident Nepali Association (NRNA), National Child Right Council (NCRC) and Underprivileged Children’s Educational Programs (UCEP) to support Street Children fortheir living, education and health.
- The monitoring visit was done on 28th January 2024 by Project Coordinator and Women Secretary of NRNA Mrs. Radhika Gurung (Tika).
- A joint meeting between NRNA and UCEP Nepal was conducted on 9th February 2024 at NRNA Secretariat regarding progress, challenges and way forward of the Project.

News